• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

सती प्रथा पछि, दाइजो प्रथामाथि फिल्म बन्दै

  • 2017-10-29 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा ।  व्यापारिक तथा समिक्षात्मक रुपमा सफल फिल्म ’झोला’ निर्माण टिम यतिबेला बिना कुनै प्रचारप्रसार नै नयाँ फिल्म ’भोर’ (फर्स्ट लाईट)को छायांकन सकाइसकेका छन् । यादवकुमार भट्टराईको निर्देशनमा तयार गरिएको यस फिल्मको सम्पूर्ण छायांकन जनकपूरमा नै गरिएको हो ।

    राज तिमल्सिना र रामगोपाल थापा निर्माता रहेको यस फिल्मलाई दिपक बज्राचार्यले खिचेका हुन् । कृष्ण धारावासीको कथामा निर्मित उक्त फिल्म मैथिली भाषीहरुको वाहुल्यता भएको ठाउँमा उनिहरुकै समाजको समस्यालाई चित्रिण गर्दै निर्माण गरेको निर्देशक यादवकुमार भट्टराईले बताए ।

    फिल्म ’झोला’को सफलतापछि आफूमाथि एउटा सफल फिल्म बनाउनु पर्ने दबाब परेको बताउँदै निर्देशक भट्टराईले मधेशको सबभन्दा ठूलो समस्या दाइजोको विकृत रुपलाई फिल्मको माध्यमले सम्पूर्ण नेपालीलाई देखाउन अघि सरेको बताए । ’फिल्मको छायांकन सुरु गरेको समयमा ’झोला’ सफलताको ह्यांङ्गओभरले आफू माथि दबाब बढेको भएपनि ’भोर’मा डुब्दै जाँदा यहाँ जोडिएका कलाकारहरुको उर्जा र समाईएको विषयवस्तुले सबै भुलाएको भन्दै मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्व फिल्मले बोक्ने भट्टराईले बताए । मैथिली भाषी समुदायमा खिचिएको भए पनि फिल्मलाई नेपाली भन्दै भाषागत तथआ क्षेत्रिय फिल्मको भ्रममा नपर्न उनले सबैमा आग्रह समेत गरे ।

    फिल्ममा मधेशमा जरो गाडेर बसेको दाईजो प्रथाको विषयलाई समेटिएको छ । फिल्ममा मिथिलाञ्चलका प्रसिद्ध कलाकार राम नारायण ठाकुरको अलावा मदन ठाकुर, परमेश झा, बिएन पटेल, राजेश सक्सेना, डली सरकार, अनितारानी मण्डल, संगिता देव, सारथी लामा, रितेश पाटली, सुरेन्द्र राय, धीरज ठाकुर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु
    फिल्म क्षेत्रलाई चलाएमान बनाउन मिलेर जानुको विकल्प छैन

    Recent Posts

    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    • विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला'(भिडियो)
    • अविनाश र अनिताको ‘तिनपाने’ (भिडियो)
    • नाजिर र उषाको ‘दिलमा फोटो’ रोमान्स
    • चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ‘ल्याए शब्दहरु'(भिडियो)
    • संचारकर्मी बिनाको निर्देशनमा ‘न्याय मरेको देश’ (भिडियो)
    • रुपकसिंह र आयुष्माको ‘मिस्सिएर दुईटा खोला’ (भिडियो)
    • सीमा संग्रौलाको ‘उड्नु छ ‘ (भिडीयो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073