पंचायतमा छाउप्रथा अनुभव गर्दै निता (भिडियो)

फिल्मी फण्डा । फिल्म ‘पंचायत’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘छोरीको कर्म‘’ बोलको सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको हो । गीतमा अभिनेत्री निता ढुंगानाको पिडा देखाउँन खोजिएको छ । उनलाई गोठमा छाउ बसेकी देख्न सकिन्छ । गीतमा टंक बुढाथोकीको संगीत तथा शिवम अधिकारीको शब्द सिर्जना रहेको छ । गीतमा सरु गौतमको स्वर छ । ५० वर्ष पुरानो कथामा निर्माण गरिएको यस सिनेमामा शिवम अधिकारीको लेखन तथा निर्देशन छ ।
फागुन १७ गतेबाट अलनेपाल रिलिज हुने सिनेमामा निताका अलावा सरोज खनाल, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । गणेश गिरीको प्रस्तुतिमा सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेको यो सिनेमामा विपिन मल्लको सम्पादन, रामेश्वर कार्कीको छायाँकन छ ।
गीत हेर्नुहोस् :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस