आनाले हलिउड फिल्म हैन, हलिउड कलाकारले नेपाली फिल्म खेल्दै

फिल्मी फण्डा । नेपाली फिल्मको बजार फराकिलो बन्दै गईरहेको अवस्थामा नेपाली फल्महरु पनि पछिल्लो समय राम्रो निर्माण भईरहेको छ । यसै क्रममा नेपाली कलाकारहरुले पनि बलिउड र हलिउडमा आफ्नो स्थान खोजिरहेका छन् । तर अहिले हलिउड कलाकारले नेपाली फिल्ममा आफुलाई प्रस्तुत गर्ने भएका छन् ।
हलिउडमा स्टन्ट कोरियोग्राफरले समेत चिनिने जोसे यानुअएल यस चलचित्रका मुख्य अभिनेताको रूपमा छन् । लस एन्जल्समा बस्ने हिन्दु–मुस्लिम गैर आवसिय नेपालीको भूमिकामा जोसे देखिने छन् । उनैसँग नेपाली नायिका आना शर्माले रोमान्स गर्ने भएको छ । एक्सन जनरामा बन्न लागेको चलचित्र ‘द म्यान फ्रम काठमाण्डू’को छायाङ्कन सुरु भएको छ । यस फिल्मलाई चलचित्र संघका पूर्व अध्यक्ष एंव क्युएफएक्स का प्रमूख नकिम उद्यिनले निर्माण गर्न लागेका हुन् । ट्री–सिटी ब्यानरबाट निर्माण हुन लागेको यस फिल्मलाई पेमा धोन्डुपले निर्देशन गर्दैछन् ।
उनको यसअघि हलिउड चलचित्र ‘बि आर नो मंक्स’ रिलिज भएको थियो जसमा भारतीय अभिनेता गुल्सन ग्रोवर समेत थिए । यसमा गुल्सन भिलेन भूमिकामा देखिने भएका हुन् । त्यस्तै फिल्ममा पाकिस्तानी अभिनेता हमिद शेख पनि मुख्य भूमिकामा देखिने भएका छन् । चलचित्रमा बलिउड र हलिउड कलाकारसँगै नेपाली कलाकारहरू आना शर्मा, निर शाह, शिशिर बाङ्देल, कर्मा मुख्य भूमिकामा देखिने भएका छन् । फिल्मको बजेट ३ करोड बताईएको छ । अरुले यसलाई हलिउड फिल्म बताईए पनि यो नेपाली फिल्म हो र सँगसँगै अ्रगेजी भाषमा पनि स्वरांकन गरिनेछ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस