बोक्सीप्रथामा बनेको फिल्म ‘अग्निदहन’ टिजर सार्वजनिक

सामाजिक सचेतानात्मक चलचित्र अग्नीदहनलाई धौली जस्तो सन्देशमुलक चलचित्र निर्देशन गरिसकेका निर्देशक घनश्याम लामिछानेले निर्देशन गरेका हुन । चलचित्रको कथा, पटकथा र संवाद लोकमणि पौडेलको रहेको छ भने परिकल्पना कोवितशरण उपाध्याय स्वयमकै रहेको छ । नितान्त सामाजिक कथा बस्तुमा निर्माण गरिएको यो चलचित्रले समाजमा व्यप्त बोक्सी प्रथा उन्मुलनमा सहयोग गर्ने निर्माण पक्षको दावी रहेको छ । चलचित्रमा अनुपमा भण्डारी , प्रमिला तुलाचन,माउत्से गुरुड.,तुलसा क्षत्री ,प्रकाश घिमीरे लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस