• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

अनमोलको प्रिय किन छन् अनुप ? निखिलदेखी अनमोल सम्मलाई अनुपको खाँचो

  • 2017-11-26 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । मिलन चाम्सको देब्यु निर्देशन रहेको फिल्म हँसिया बाट नेपाली रजटपटमा आएका नायक हुन अनुप बिक्रम शाही । ब्यवसायीक रुपमा पहिलो फिल्म राम्रो नभएता पनि अनुपको संभावना राम्रै देखिएको थियो । पहिलो फिल्म नै एक्शन भएर होला सायद उनलाई सबैले एक्शन नायककै रुपमा हेर्ने गरिन्छ । उनै अनुप बिक्रमको दोश्रो फिल्म वीर बिक्रम प्रदर्शन भएपछि उनको चर्चा झन चुलिएको थियो ।

    त्यसपछी अनुप सबैको रोजाईमा परे । नेपाली फिल्ममा कमब्याक गरेका एक्शन स्टार निखिल उप्रेती पछि एक्शन नायकको रुपमा सबैको रोजाईमा अनुप पर्न थाले । दयाहाङको वीर बिक्रम देखी कृ मा अनमोल केसीसंग पनि अनुपकै खाँचो परेको देख्न सकिन्छ । उनले सौगातसँग सौर्य, निखिल उप्रेतीसंग किंङ्ग, अनमोल केसीसँग कृ मा अभिनय गरेका छन् । सकरात्मक र नकरात्मक दुबै भुमिकामा आफुलाई प्रस्तुत गर्न सक्ने अनुप सिंगल थिएटरका निखिल देखी मल्टिप्लेक्सका अनमोल केसी सम्मलाई चाहिने एक मात्र नायक हुन् ।

    त्यतिमात्र नभईकन फरक फरक भुमिकामा देखिन्न मनपराउने अनुपले कमलेको बिहे र फुर्केमा फरक फरक भुमिका निर्बाह गरेका छन् । तिनै अनुप अबभने प्रदिप खड्कालाई पनि खाँचो भएको हो । अनुपले फिल्म लिलिबिलीमा प्रदिप संगै काम गर्ने भएका छन् ।

    हाल फिल्म भिरागांना, निशाफ र आर्या मा ब्यस्त अनुप फिल्म लिलिबिलीको लागी आउने डिसेम्बरमा लण्डन जादैछन् । बर्षमा आधा दर्जन भन्दा माथी फिल्म खेल्ने गरेका अनुप प्राय सबैको रोजाईमा पर्ने कलाकार हुन् । यसपछि अनुप नेपाल र अष्ट्रेलियामा छायांकन हुने एक फिल्ममा ब्यस्त हुनेछन् ।

    औपचरीक घोषणा गर्न बाँकी भएको उक्त फिल्ममा अनुप माला लिम्बु र बुद्वि तामाङ्गसंग देखिदैछन् । यसर्थ पछिल्लो समय अनमोल केसीको प्रिय बनेका अनुप सिंगलदेखी मल्टिप्लेक्स सम्मका सबै कलाकारलाई खाँचो भएको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय

    Recent Posts

    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073