पुरनको ‘फेरि फेरि’ मा ऋचा र अर्पण

फिल्मी फन्डा। निर्देशक पुरन थापाले चलचित्र ‘फेरि–फेरि’ निर्माण गर्ने भएका छन् । बिभिन्न टेलिश्रृंखलामा ‘दोहोर्याइ दोहोर्याइकन’ थोगोका कारण चर्चित हास्य अभिनेता, निर्देशक पुरन थापाले ‘फेरि-फेरि’ चलचित्र निर्माण गर्न लागेका हुन् । पुरनले यसअघि ‘पिरिम पर्याछन्’ र ‘कान्छी मट्याङ ट्याङ’ जस्ता कमेडी चलचित्र निर्माण गरेका थिए । ‘फेरि फेरि’ मा फेरि एक पटक अर्पण र ऋचाको जोडी देखिने भएका छन् ।
चलचित्रमा ओमप्रतिक गुरुङ, धर्मेन्द्र आचार्यलगायत निर्देशक पुरन आफैँ पनि प्रमुख भूमिकामा छन् । माता वसुन्धरा मुभिजको प्रस्तुतिमा बन्ने चलचित्र कमेडी जनराको भएको निर्देशक पुरनले जनाएका छन् । निर्देशक पुरन आफूले हालै नेपालमा पहिलोपटक रेड इपिक डब्लू हेलियम एट के क्यामेरा भित्र्याएको र सोही क्यामेराले चलचित्र खिचिने जानकारी गराएका छन् ।
रामेश्वर कार्कीले खिच्ने चलचित्रमा एनबी महर्जनको द्वन्द्व निर्देशन र विकास चौधरीको सङगीत रहने छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस