३०० कोरस प्रयोग गर्दै खिचियो बिराङ्गनाको गीत, बाहिरियो गोप्य फोटो (भिडियो सहित)

फिल्मी फण्डा । फिल्म बृन्दावनका निर्देशक राज बहादुर सानेद्धारा निर्देशित फिल्म बिराङ्गनामा नायक अनुप विक्रम शाही र नायिका शिल्पा पोखरेलको रोमान्स रहेको छ । अनुप र शिल्पाले पहिलो पटक स्क्रिन सेयर गरेका हुन् । यी दुई कलाकार फिचरिङ फिल्म बिराङ्गनाको हालै एक गीत छायांकन गरिएको छ ।
उक्त गीतमा नृत्य निर्देशक कविराज गहतराजले दुई सय भन्दा बढि शसस्त्र प्रहरी र १०० भन्दा बढि डान्सर सहित ३०० बढि कोरसको प्रयोग गर्दै तिमी पुलिस म नि पुलिस सेमसेम छ ड्युटि बोलको गीत छायांकन गरिएको छ । गीतको छायांकन सँगै फिल्मको पूर्ण छायांकन पनि सकिएको छ ।
उक्त गीतमा नायक अनुप र नायिका शिल्पा दुबै प्रहरी भएको र प्रहरीकै पोशाकमा नाचेको देख्न सकिन्छ । गीतको छायांकन शसस्त्र प्रहरी बल प्रधान कार्यालय, स्वयम्भुमा गरिएको हो । उक्त गीतमा दिपक शर्माको संगीत रहेको छ । गीतको छायांकन पछि सबै छायांकन समाप्त भएको र फिल्मको सम्पादन कार्य पनि धमाधम भईरहेको निर्देशक राज शहादुर सानेले बताएका छन् ।
फिल्ममा अनुप र शिल्पाको अलवा धिरेन शाक्य, पृथ्वीराज प्रसाई ,प्रज्वल गिरि, प्रीया रिजाल, कृष्ण सिवाकोटी, देब तामङ, अमृत सापकोटा, अंशु थापालगायतको प्रमुख भुमिका रहेको छ । बाबुराम दास श्रेष्ठ, श्याम बहादुर थापा र रघु परियार फिल्मका निर्माता हुन् । सह निर्मातामा देब तामाङ र सुमि चाम्लिङ राई रहेका छन् । फिल्ममा श्री श्रेष्ठको द्धुन्द र सञ्जय लामाको छायांकन रहेको छ । फिल्ममा पुरुषोत्तम न्यौपाने को पनि संगीत रहेको छ । हाल फिल्मलाई पुराना सम्पादक तारा थापा (किम्भे) ले सम्पादन गरिरहेका छन् । फिल्मको रिलिज डेट फाईनल नभएपनि आउँदो फाल्गुनमा प्रदर्शन गरिने तयारी भएको वितरक सुनिल मानन्धरले बताएका छन् ।
भिडियो :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस