‘कार्टुन क्रु’ को धमाका (भिडियो)

फिल्मी फण्डा । अहिले सामाजिक सञ्जाल र गीत संगीत रुचाउने दर्शकहरुलाई ‘द कार्टुन क्रु’ भनेपछि थाहा नहुने कुरै भएन । ‘द कार्टुन क्रु’ बाट निर्माण हुने अधिकांश भिडियोहरुलाई दर्शकहरुले निकै रुचाएका छन् । ‘द कार्टुन क्रु’ ले फेरी नयाँ भिडियो सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट उक्त भिडियो सार्वजनिक गरेको हो । ‘दिलको भित्तै’ मा बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा एन्जिला रेग्मी, नवीन रावल, अल्मोडा राना उप्रेतीको स्वर रहेको छ ।
नवीन रावलको सङ्गीत, मिलन बिस्टको शब्द गीतमा रहेको छ । गीतलाई एरेन्ज गायक अल्मोडाले गरेका हुन् । रामेश्वर कार्कीले खिचेको भिडियालाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन् । भिडियोलाई सरोज अधिकारी र आश्मा विश्वकर्माले कारियोग्राफी गरेका हुन् ।
भिडियो :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस