दुई-दुई हप्तामा दयाहाङको फिल्म, करिअर नै धरापमा

फिल्मी फन्डा। फिल्म ‘लुट’बाट अभिनय यात्रा तय गरि नेपाली रजटपटमा प्रबेश गरेका नायक दयाहाङ राईको पछिलो समयका फिल्महरु खासै चल्न सकेको छैन। बिशेष गरि उनले सोलो रुपमा अभिनय गरेका फिल्महरु सफल नभएका हुन् ।
अपबादको रुपमा फिल्म ‘घामपानि’ बाहेक उनले लिड गरेका सबै फिल्महरु ब्यबसायिक रुपमा असफल भईरहेका छन। कुनै समय उही दयाहाङ राईको पछि लाग्ने निर्माता र बितरकहरुको संख्या धेरै थियो। अहिले उनै दयाहाङको कुरा तिनै वितरकहरुले काटिरहेका हुन्छन् ।
कतिपयले दयाहाङको करिअरको समाप्त यहि बर्ष हुदैछ भनेर समेत भन्ने गरेका छन। यसको उदाहरणको रुपमा हालै प्रदर्शनरत फिल्म ‘तान्द्रो’ काफी होला। उनले अभिनय गरेका फिल्महरु प्राय शुक्रवार र शनिवार हाउसफुल हुने गर्छन । तर अब समय त्यस्तो रहेन। फिल्म ‘तान्द्रो’ कतिपय सिंगल थिएटरमा चल्दै चलेन भने मल्टिप्लेक्समा कुनै शो हाउसफुल भएको रेकर्ड छैन।
हाउसफुल त परको कुरा, कुनै पनि शो मा १०० जना भन्दा माथी दर्शक हुन सकेन। यसले के बुझ्न सकिन्छ भने दयाहाङ को क्रेज बिस्तारै कम हुदै गईरहेको छ। त्यसमाथी दुई-दुई हप्तामा उनको फिल्म प्रदर्शन हुनुले दर्शक जुक्किएका छन।
लगातार एउटै कलाकारको फिल्म रिलीज हुँदा कलाकारले कुन फिल्मको प्रचार गरिएको ठम्याउनै गार्हो हुन्छ। दयाहाङको अहिले ‘तान्द्रो’ प्रदर्शन भएको छ भने पौष २८ गते ‘मिस्टर झोले’ रिलीज हुनेछ । यस्तै माघ १२ मा ‘ह्यापि डेज’ रिलीज हुनेछ। त्यसको २ हप्तापछि माघ २६ गते अनमोल केसी अभिनित फिल्म ‘कृ’संग ‘कान्छी’ रिलीज हुने बुझिएको छ।
यसरी दुई-दुई हप्तामा फिल्म रिलीज हुँदा र खँस्कदो करिअरलाई ध्यान दिन नसक्दा दयाहाङको करिअरनै धरापमा पर्ने निश्चित देखिन्छ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस