• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

दिपीका र आलिया बीच गहिरो मित्रता

  • 2017-11-03 
  • प्रकाशित

    Spread the love

    बलिउडका नायिकाहरुबीच आपसी सम्वन्ध त्यति राम्रो छैन । कसैको फिल्म खोसेको निहुँमा त कसैको व्वाइफ्रेण्ड खोसेको निहुँमा एक(अर्कालाई फुटेको आँखाले पनि हेर्न सक्दैनन् । तर, दीपिका पादुकोण र आलिया भट्टको कुरा अलग छ ।

    उनीहरु एक(अर्काको प्रशंसा गरेर थाक्दैनन् । दीपिकाको नयाँ फिल्म पद्मावतीको ट्रेलर हालै सार्वजनिक भएको छ । आलियाले उक्त ट्रेलरलाई लिएर दीपिकाको जमेर प्रशंसा गरिन् । एउटा पोडकास्टमा आलियाले दीपिकाको बारेमा भनिन्, ‘पद्मावतीको रुपमा दीपिका साह्रै राम्री देखिएकी छिन् ।

    मलाई थाहा छ कि म कहिल्यै उनीजस्तो देखिन सक्दिन । न उनीजस्तो गर्न नै सक्छु । दीपिका विलकुल रानीजस्ती देखिएकी छिन् । मलाई विश्वास छ उनले फिल्ममा काम पनि शानदार गरेकी छिन् ।’ यसमा दीपिकाले ट्विट गर्दै आलियालाई जवाफ दिएकी थिइन् । उनले लेखिन्, ‘माइ आलू‘ यू मेक नो सेन्स‘ लभ यू ।’ तर, त्योभन्दा दुई कदम अघि बढेर दीपिकाले आलियालाई एउटा चिठ्ठी नै पठाइन् ।

    त्यो पनि एउटी फ्यानको रुपमा । लक्स गोल्डन रोज अवार्ड्स २०१७ को प्रोमोमा आलियालाई दीपिकाले यो चिठ्ठी दिएको देख्न सकिन्छ । इन्स्टाग्राममा पनि यसको एउटा भिडियो सेयर भएको छ ।
    दीपिकाले चिठ्ठीमा
    डियर आलिया – ‘हाइवे’ मा तिमी बिना मेकअप पनि असाध्यै सुन्दरी देखिएकी थियौ । तर सडकमा बिताएका ती ५२ कठिन दिन कसैले थाहा पाएनन् । आलिया, तिमी छौं सबैभन्दा सानी, तर मेहनत गर्नमा सबैभन्दा ठूली ।
    दीपिका र आलियाको यो मित्रता देखेपछि भन्न करै लाग्छ कि बलिउडमा नायिकाहरुबीच मित्रता र प्रेमको युग सुरु भएछ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘इन्दू की जवानी’को दोस्रो गीत रिलिज
    बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा
    प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’ निर्माण घोषणा
    उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिए
    बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण
    भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न एनसीबीको अपिल

    Recent Posts

    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)
    • गायक राजु परियारको ‘यो दुनिया’ (भिडियो)
    • अनिल लामाको ‘शैलुङ्गे मेला’मा राजु र एलिशाको बिछोड (भिडियो)
    • नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    • गायक शिबहरी थापाको ‘जब टाडा गयौ तिमी'(भिडियो)
    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073