दिपीकाको घरमा प्रहरी, आमिर र शाहरुख दिपीकाको साथ

फिल्मी फण्डा । निकै विवादमा फसेको बलिउड फिल्म पद्मावती झन झन् विवादमा फस्दै गईरहेको छ । बलिउडमा सेन्सर बोर्डले फिल्म हेर्न नमानेपछि फिल्मको रिलिज डेट सारिसकेको छ । सरकारी निकायले गलत गरेको भन्दै दिपीका पादुकोणले मोदीको कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेकी थिईन् ।
यता पद्मावती फिल्मका विरोधकर्ताहरुले दिपीकाको नाक कात्ने धम्की दिईसकेका छन् । निर्देशक सञ्जयलीला भंसालीको टाउकोको मूल्य समेत ५ करोड तोकी सकेको छ । यस्तै विवादमा फस्दै गएको फिल्म पद्मावती झन् अर्को समस्यामा परेको हो । फिल्म रिलिजको टुङ्गो त छैन फिल्मका निर्देशक र मूख्य कलाकारहरुलाई पनि बारम्बार धम्की आउन थालेको छ ।
लगातारको धम्की पछि दिपीकाको घरमा आक्रमण हुन सक्ने भन्दै भारतीय रकारले दिपीकाको घर र उनलाई प्रहरी प्रदान गरिएको छ । सुरक्षाको लागि भन्दै हाल दिपीको घरमा प्रहरी परिचालन गरिएको हो । यस विषयमा सेलिब्रिटीले पनि हरेकदिन आफ्नो विचार राखिरहेका छन् । ‘पद्मावती’को चर्को विरोधका बीच बलिउडका दुई सुपरस्टार आमिर खान र शाहरुख खानले आफ्नो मुख खोलेका छन् । यी दुईले फिल्मको समर्थन गरेका छन् ।
डीएनएको खबरका अनुसार, जतिबेला आमिर खानले दीपिका पादुकोणको शिरको मूल्य ५ करोड तोकिएको खबर सुने तब उनले तुरुन्त दीपिकाको विषयमा जानकारी लिन उनलाई फोन गरे । आमिर दीपिकालाई लिएर निकै चिन्तित बनेका छन् । आमिरले फोनमार्फत दीपिकालाई आफ्नो आवश्यकता परे सधै मद्दत गर्न तयार रहेको प्रतिवद्धता जनाएका छन् । उनले आफु दिपीकाको साथमा रहेको बताएका छन् । यस्तै, शाहरुख खानले पनि दीपिकासँग फोनमा झण्डै आधा घण्टा कुराकानी गरेका छन् । बलिउडसँगै हलिउड स्टार्सले पनि दीपिकालाई समर्थन गर्दै सोसल मिडियामा ट्विट गरेका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस