आकाशको ड्रिम गर्ल आश्मा

फिल्मी फण्डा । ऋषिराज आचार्यले ड्रिम गर्ल नामक फिल्म निर्माण गर्ने भएका छन् । फिल्मको बिहीबार राजधानीको महाराजगन्जस्थित साम्बला होटेलमा शुभमुर्हत गरियो । निर्देशक ऋषिकै लेखन रहेको ड्रिम गर्लकी ड्रिम गर्लको भूमिका आश्मा गिरी रहनेछिन् । उनलाई ड्रिमगर्ल सोच्ने नायक हुन् आकाश श्रेष्ठ छ । आकाशले यसअघि म त तिम्रै हुं, तिमीसंग र ब्ल्याक फिल्ममा अभिनय गरिसकेका छन् भने आश्माको यो नै डेब्यु फिल्म हो ।
फिल्मको मुख्य निर्मातामा अर्जुन शर्मा र निर्देशक आचार्य स्वयम् छन् । त्यस्तै, सहनिर्मातामा रामेश्वर धिताल र रिल एण्ड रियल सिनेमाका तर्फबाट अन्टो रोचा रोवन छन् । ड्रिमगर्लमा आकाश र आश्माका साथमा सरोज खनाल, अर्जुन श्रेष्ठ,विल्सन बिक्रम राई,रुपा सुवेदी, पूजा पराजुली, लक्ष्मी गिरी, सुरवीर पण्डित प्रमुख भूमिकामा छन् ।
राजधानी, मुस्ताङ, रारा तालका साथै कतारका बिभिन्न स्थानमा खिचीने फिल्ममा अर्जुन पोखरेलले संगीत छ । राहुल राईले फिल्म खिच्ने छ भने कोरियोग्राफी गम्भीर बिष्टले गर्दैछन् । सम्राट बस्नेतले द्धन्द्ध निर्देशन गर्ने फिल्ममा नवीन निरौलाको सम्पादन रहनेछ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस