माई लभको ‘१७ बर्षे जोवन’ सार्वजनिक (भिडियो)

फिल्मी फण्डा । फिल्म माई लभ को ‘१७ बर्षे जोवन’ बोलको गीत सार्वजनिक भएको छ। सामाजिक सञ्जालबाट निर्माण पक्षले सो गीत सार्वजनिक गरिएको हो । सार्वजनिक रोमान्टिक गीतमा कलाकार गणेश लामा र शितल श्रेष्ठलाई फिचरिङ गरिएको छ । ‘१७ बर्षे जोवन’ बोलको गीतमा अर्जुन मुसोङको शब्द र संगीत रहेको छ । मिना सिंहको स्वर रहेको गीतलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्र यही मंसीर २९ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा रिलिज हुँदैछ ।
नेपालमा २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको कथा चलचित्रको पर्दामा हेर्न पाइने भएको छ । भूकम्पले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा गरेको क्षतिसँगै भूकम्पका समयमा सुरक्षाकर्मी र उद्दारकर्मीहरुले खेलेको प्रशंसनीय भूमिकामा आधारित छ । जापानी निर्देशक डा.तोसिआकी इतोहले निर्देशन गरेको चलचित्रमा गणेश लामा, नयाँ अनुहार शितल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ ।
यस्तै नेपाली कलाकारहरु चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेतको अभिनय हेर्न पाइनेछ । माइ लभ चलचित्रले आफ्नो देशको महत्वपूर्ण सम्पदास्थलहरुको महत्व दर्शाउदै तिनीहरुको पुनर्निर्माण र संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको सन्देश दिइएको छ । चलचित्रमा धरहरा ढल्दै गरेको दृश्यलाई पनि जीवन्त रुपमा देखाइएको छ भने भूकम्पले तहसनहस पारेको काठमाडौंलाई वास्तविक रुपमा प्रस्तुत गरिएको छ ।
भिडियो :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस