जेबिका सँग अमृतको रोमान्स, कारखाना बन्द भएपछि जय श्री दाम बनाउँदै अमरदीप

फिल्मी फण्डा । मंकी टेम्पल प्रोडक्सन, नेशनल मिडिया प्रोडक्सन र सापकोटा जेआर प्रोडक्सनको व्यानरमा फिल्म ‘जयश्री दाम’ निर्माण हुने भएको छ । फिल्मलाई विप्लप उप्रेतीले निर्देशन ¬गर्ने छन् भने फिल्म कारखानाको निर्देशक अमरदीप सापकोटाले यस फिल्मको पटकथा र संवाद लेखन गर्नेछन् ।
अमरदीप सापकोटा यस फिल्मको सह – निर्माता पनि हुन् । फिल्मलाई नवराज उप्रेतीले खिच्ने छन् भने फिल्मलाई मित्र डी. गुरुङले सम्पादन गर्नेछन् । फिल्म पुषको पहिलो साताबाट फेरमा जाने भएको छ । पूर्ण कमेडी जनरामा निर्माण हुने यस फिल्ममा अमृत ढुंगाना, जेबिका कार्की, बिनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, बिष्णु सापकोटा लगायतका कलाकारहरु हुने भएका छन् ।
फिल्ममा पृथ्वीराज उप्रेती र मनोज उप्रेतीको लगानी रहने छ भने रविन आचार्यको सहलगानी रहनेछ । फिल्ममा विप्लप उप्रेतीकै कथा लेखन रहनेछ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस