राजधानीमा पत्रकारको गोली हानी हत्या

फिल्मी फण्डा । मङ्गलबार भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एउटा रष्ट्रिय दैनिक पत्रिकामा कामगर्ने पत्रकारको गोलीहानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । उनी प्रहरीको गोली लागेर मारिएको बताइएको छ । त्रिपुरा राज्याको प्रहरी प्रमुख कार्यालय, त्रिपुरा स्टेट राइफलमा गएको बेला सोही कार्यालयका प्रहरीले गोली हानेको बताइएको छ ।
उक्त प्रहरी प्रधान कार्यालय सो राज्यको राजधानी अगरतलाबाट करिब २० किलोमीटर पश्चिममा पर्दछ । उक्त कार्यालयका एकजना वरिष्ठ प्रहरी अधिकारी अभिजित सप्तऋषिले भन्नुभयो– हिजो एकजना पत्रकार प्रहरीको गोली लागेर त्रिपुरा स्टेट राइफलको हेडक्वाटरमा मारिएका छन् ।
यसरी पत्रकार मारिएपछि उनलाई गोली हान्ने प्रहरी जवानलाई पनि प्रहरी थुनामा लिइएको छ । उक्त कार्यालयको परिसरमा नै सो घटना भएको पनि उहाँले स्वीकार गर्नुभएको छ । सुदिप दत्त भौमिक नाम गरेका ४८ बर्षका ती पत्रकार भारतीय दैनिक पत्रिका सिन्दन दैनिकका वरिष्ठ समाचारदाता थिए । त्रिपुरा प्रहरीले उक्त दुर्घटनाको कारणका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।
वरिष्ठ प्रहरी अधिकारी सप्तऋषिले भन्नुभयो– प्रहरी हेड क्वाटरमै यो हत्या कसरी हुन पुग्यो भनेर अनुसन्धान सुरु गरेको छ ।गोली हान्ने प्रहरी जवान हाल प्रहरीको नियन्त्रणमै रहेका छन् । ती प्रहरी जवान र पत्रकारका बीचमा के कस्तो अवस्थाको सिर्जना भयो र जसका कारण गोली हानेर हत्या गर्नेसम्मको स्थिति आयो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको बताएको छ । यो पत्रकार हत्याको घटना दुई महिनाअघि एकजना टेलिभिजनका पत्रकारको हत्यापछि भएको छ ।
दुई महिनामात्र अघि एक आन्दोलनको समाचार सङ्कलनका क्रममा आन्दोलनकारीले टिभी पत्रकारको त्रिपुरामा नै हत्या गरिएको थियो । त्यसको महिनादिनमात्र अघि पनि एकजना महिला सम्पादकको हत्या भएको थियो । उनको हत्या भने आफ्नै घरको भान्सा कोठामा भएको थियो ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस