फिल्म कान्छीको गीतमा कस्तो देखियो त दहयाङ र श्वेताको जोडी ? (भिडीयो)

फिल्मी फण्डा । आकाश अधिकारीद्वारा निर्देशित फिल्म कान्छीको पहिलो गीत चरी चट्ट पारी बोलको गीत रिलिज गरिएको छ । बिहीबार राजधानीको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत रिलिज गरिएको हो ।
फिल्म कहाँ भेटिएला पछि यस फिल्ममा श्वेता खड्का नायिका र निर्माता दुवै रुपमा प्रस्तुत भएकी छिन् । गीतलाई बसन्त श्रेष्ठले कोरियोग्राफ गरेका हुन् भने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।
प्रस्तूत गीतमा राजन राज सिवाकोटी र अन्जू पन्तको स्वर रहेको छ भने संगीत राजन राज सिवाकोटीको नै रहेको छ । फिल्मका निर्माता स्वयम श्वेता र शैलेश खड्का हुन् । फिल्म माघ २६ गते प्रर्दशन हुने भएको छ । फिल्ममा श्वेता खड्का, दहयाङ राई, अनु शाह, प्रज्जवल सुजल गिरी, निर शाह, रमेश अधिकारी लगायतका कलाकारहरु छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस