छायांकनको क्रममा कगंना घाइते

फिल्मी फण्डा । नायिका कगंना रनावट चलचित्र ‘मणिकर्णिका’को छायांकनको क्रममा घोडाबाट लडेर घाइते भएकी छिन् । उनी दुर्घटनामा परे लगत्तै उपचारको लागि गोयल अस्पताल लगिएको थियो । उनी हिडडुल गर्न नसक्ने भएकी कारण अब केही दिन ह्वील चेयरको सहायतामा हिडडुल गर्नुपर्ने भएकी छिन् ।
डक्टरका अनुसार कंगनाले केही दिन आराम गर्नुपर्ने छ । घोडाबाट झ्यालमा जम्प गर्नुपर्ने दृष्यमा अभिनय गर्ने क्रममा उनी लडेर घाइते भएकी थिइन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस