• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

केकीले कोहलपुर एक्सप्रेस देशैभर हुँइक्याउने

  • 2017-11-20 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । अहिले नेपालगञ्जको कोहलपुर हुँइकिरहेको कोहलपुर एक्सप्रेस देशैभर हुँईकने भएको छ । फिल्म कोहलपुर एक्सप्रेसको छायांकन अन्तिम चरणमा पुग्दा नयाँ बर्षको बैशाख १४ गते देशैभर कोहलपुर एक्सप्रेस हुँइकने जानकारी नायिका केकी अधिकारीले गराएकी हुन् ।

    फिल्मी फण्डासँग कुरा गर्दै उनले फिल्मको छायाँकन अन्तिम चरणमा पुगेको र निर्माण टिमले सोचे जस्तै फिल्मको छायांकन भएको भईरहेको जानकारी दिएकी हुन् । उनले फिल्म वितरकहरुसँग समन्वय गरेरै प्रदर्शन मिती तय गरेको समेत बताएकी छिन् ।
    कोहलपुर एक्सप्रेसलाई विशेषत केकी अधिकारी हुँइक्याईरहेकी छिन् । ३ साता अघि औपचारिक घोषणा गरेर छायांकनमा गएको फिल्म कोहलपुर एक्सप्रेसको अब केही दिनमा छायांकन सकिने समेत केकीले फिल्मी फण्डालाई बताएकी छिन् ।

    सपनाको सजिलो बाटोहरु खोज्दै जाँदा भेटिने तीन युवतीहरु बीचको कथामा आधारित रही फिल्म ‘कोहलपुर एक्स्प्रेस’ निर्माण भएको हो । विशाल भण्डारी निर्देशक रहेको यस फिल्मलाई शान बश्यान्तले लेखेका हुन् । फिल्मको निर्माता केकी अधिकारी, भद« बहादूर, देवी लाल न्यौपाने, र शिव प्रसाद चौंलागाई हुन् । जुनकिरी आर्टसको ब्यानरमा बन्ने यस फिल्मललाई लोकेश बज्रचार्यले सम्पादन गर्ने छन् भने फिल्ममा अर्जुन तिवारीकोे छाँयाकन रहको छ ।

    फिल्ममा केकी अधिकारी लगायत प्रियंका कार्की, रिचा शर्मा, विनोद न्यौपाने, बुद्घि तामाङ, रबिन्द« झा, सुजन कार्की लगायत कलाकारको अभिनय रहेको छ । फिल्मको गीतमा राजन राज शिवाकोटी, अर्जुन पोखरेल, र काली प्रसाद बास्कोटाको सगींत छ भने फिल्ममा गम्भीर बिस्टको कोरियोग्राफी रहको छ ।

    भिडियो :


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073