• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

अनमोलसँग दयाहाङको टक्कर, को भन्दा को कम ? (भिडियो सहित)

  • 2017-11-27 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि पर्दामा नदेखिएकी नायिका स्वेता खड्काले निर्माण गरेको फिल्म कान्छिको प्रदर्शन मिती अन्तत नसर्ने पक्का भएको छ । नायिका श्वेताले आफुले उद्घोष गरेको मितीमा फिल्म कृ आफै आउन लागेको हुनाले आफुले प्रदर्शन मिती नसार्ने निणर्य गरेकी बताएकी हुन् । यस कारण अन्तत फिल्म कृ र कान्छिको प्रदर्शनले फिल्मको व्यवसायिकतामा मात्र असर पार्दैन पछिल्ला समयका सुपरस्टार अनमोल केसी र स्टार दयाहाङ राईको स्टारडमको टक्कर पनि हुने भएको छ ।

    यता कृ निर्माताद्धय सुवास गिरी र भुवन केसीले पटक पटकको प्रदर्शन मिती फेरबदलसँगै माघ २६ नै अन्तिम प्रदर्शन मिती तय भएको बताएका छन् । माघ २६ नेपाली दर्शकहरुको लागि मात्र रोचक छैन नेपाली कलाकर्मीहरुको पनि यसमा रोचकता बढ्ने देखिएको छ । दुई फिल्मका ठूला ब्यानरले कसलाई घाटा भने विषयमा मात्र नभई फिल्मका कलाकार र निर्देशक बिचको टकराव समेत यसले निम्त्याउने निश्चित देखिन्छ ।

    नायक दयाहाङ राईको फ्यानहरु प्नि नेपाली फिल्मी बजारमा राम्रो छन् तर उनको फ्यान फलोअर्सले अनमोलको फ्यानफलोअर्सलाई असर पार्न सक्छ की सकदैन भने मूख्य विषय बनेको छ । झन्दै २ बर्ष देखि अनमोलको फिल्म नेपाली दर्शकहरुले कुरीरहेका छन् । यता नायक दयाहाङको हप्तै पिच्छे र महिनै पिच्छे फिल्म रिलिजले दयाहाङको फिल्मलाई प्रथामिकता होला भने त्यास्तो कुनै संभावना देखिदैन । निर्देशक आकाश अधिकारी फिल्म निर्माताहरुको हक र हिटका लागि लड्दै आईरहेको संस्था चलचित्र निर्माता संघका अध्यक्ष समेत हुन् । उनै निर्माता संघका अध्यक्ष आकाश अधिकारीले निर्देशन गरेको फिल्म कान्छिले निर्मातालाई सुरक्षित बनाउँछ कि बनाउँदैन भने चूनौती आकाश माथि पनि लागेको छ ।

    कृ रिलिजपूर्व सुरक्षित फिल्म मानिएको निर्माण पक्षको दावी छ । यता कान्छिलाई रिलिजले फिल्मको लगानी सरक्षित हुन्छकी हुदैन भने अर्को प्रश्न पनि छ । फिल्मको नायकहरुमा जस्तै नायिकाहरुमा पनि महत्व रहेको छ । कृ की नव नायिका अदिती बुदाथोकीको चर्चा यतिखेर निकै बढेको छ । उनको फोटो सुटका कारण पनि उनको चर्चा चुलिदै गएको छ । फिल्म कृ बाटै उनी संभावना बोकेको कालकारको रुपमा देखिएकी छिन् ।

    यता कान्छि निर्माता तथा नायिका स्वेता खड्का फिल्म कोहिनुर पछि देखिएकी छैनन् । स्वर्गिय श्रीकृष्णको निधनपछि नेपाली पर्दामा नदेखिएकी श्वेतालाई पर्दामा हेर्न चाहनेहरुको पनि राम्रो उपस्थिती फिल्मी बृतमा छ । यस कारण फिल्म कृ र कान्छिमा कलाकार, निर्देशक, व्यापारमा मात्रै प्रतिस्पर्धा नभई ब्यानरमा पनि प्रतिस्पर्धा देखिएको छ । फिल्मका निर्माण टिमहरुले एक र अर्कोमा कुनै प्रतिस्पर्धा नभएको बताए पनि यी दुई फिल्मको प्रतिस्पर्धा माघ २६ पछि यथेष्ट रुपमा देखिने निश्चित छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल

    Recent Posts

    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)
    • गायक राजु परियारको ‘यो दुनिया’ (भिडियो)
    • अनिल लामाको ‘शैलुङ्गे मेला’मा राजु र एलिशाको बिछोड (भिडियो)
    • नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    • गायक शिबहरी थापाको ‘जब टाडा गयौ तिमी'(भिडियो)
    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073