मिस्टर झोलेको कभर भिडियो कम्पिटिसन आव्हान

फिल्मी फण्डा । अहिले नेपालमा आफ्नो कला देखाउनको लागि धेरै नै सजिलो भइसकेको छ । नेपालमा हुने धेरै रियालिटि सो र युट्युबमा हुने कम्पिटिसनले गर्दा आफ्नो कला देखाउनको लागि त्यति गाह्रो छैन । यसै बीचमा पुस १८ गते रिलिज हुने फिल्म मिस्टर झोलेको गीत ओखती..मा पनि कभर भिडियो कम्पिटिसनको लागि फिल्म यूनिटले घोषणा गरेका छन् ।
सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनमा निर्मित यस फिल्मको रिलिज डेट नजिकिदैँ गर्दा प्रचार प्रसारको लागि फिल्म यूनिटले डान्स र ड्रामा दुवै विधामा कम्पिटिसन आव्हान गरका हुन् ।
यस कम्पिटिसनको फाइनल पुष २३ गते (जनवरी ७)मा हुने फिल्म यूनिटले जनाएका छन् । कम्पिटिसनको लागि इच्छूक व्यक्तिले मा मेल गरेर आफ्नो कभर भिडियो पठाउनुपर्ने छ । कम्पिटिसनमा प्रथम हुनेले १ लाख ५५ हजार, दोस्रो हुनेले १ लाख २५ हजार र तेस्रो हुने १ लाख ५ हजार गरेर पुरस्कार दिइने भएकोे छ ।
रामबाबु गुरुङको कथा तथा निर्देशन रहेको यस फिल्मलाई टेकेन खड्काले निर्माण गरेका हुन् । रवी न्यौपानेको छायाँकन, कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन र विक्रम स्वारको कोरियोग्राफी छ । फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, पुस्कर गुरुङ, बुद्दी तामाङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारहरुको अभिनय छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस