नेपाल आर्मीले पहिलो पटक फिल्म खेल्न अडिशन दिँदै (भिडियो)

फिल्मी फन्डा। नेपाली फिल्मको लागी कलाकारहरुले अडिशन दिएको समाचार हामीले लेखिरहेका छौ, पदिरहेका छौ। अब भने फिल्म खेल्नको लागी नेपाल आर्मीले समेत अडिशन दिएको खबर बाहिरिएको छ। नेपालको ईतिहाससँग सम्बन्धित फिल्म नालापानि को लागि नेपाल आर्मीले अडिशन दिएको खबर बहिरिएको हो।
नालापानिको बिषयमा आधारित रहेर नेपाली चलचित्र ‘नालापानी’ बन्न लागिरहेको छ । प्रोफेसर रामराजा कुँवर र डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित रहि चलचित्र बन्नेछ । रिमेश अधिकारीले निर्देशन गर्ने यो चलचित्रको लागि कलाकारहरुको अडिसन शुरु भएको छ । अडिसनको शुरुमा नै नेपाल आर्मीको अडिसन भएको छ । चलचित्रमा धेरै दृश्य द्वन्द्वका हुनेछन् जसको कारण पनि दक्ष योद्दा जरुरी छ । योद्दाहरुलाई तयार पार्न समय धेरै लाग्ने भएकोले पनि नेपाल आर्मीका जवानहरुलाई नै अभिनय गराउन लागिएको निर्देशक अधिकारीले बताए ।
चलचित्रमा युद्दका दृश्य देखाउँदा प्राकृतिक हुनु जरुरी रहेकोले पनि आर्मीबाट नै कलाकारहरु छनौट भईरहेका छन् । यद्यपी प्रमूख भूमिकामा भने नेपाल आर्मीका कलाकार हुनेछैनन् ।
यो चलचित्र लाई नेपाली सेनाले पुराना हतियार, तोप, सैनिक कलाकार, सैनिक नियम तथा सैनिक नियमका लागि प्रशिक्षक लगायत सहयोग गरेको छ ।
नेपालको इतिहासमै एउटा गर्व गर्न लायक यो वीरताको गौरवपूर्ण तथ्य समेटेर यो चलचित्र निर्माण हुने निर्माता मनोज शाक्यले बताए । झण्डै ९ करोडको लागतमा निर्माण हुने बताइएको फिल्म ‘नालापानी’मा अर्जनजंग शाही, नवल खड्का, मनोज शाक्य, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, विशाल श्रेष्ठ, गीता अधिकारी लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
सम्राट शाक्य कार्यकारी निर्देशक रहेको फिल्ममा मजोन शाक्य निर्माताको रुपमा रहेका छन् । फिल्मको पटकथा तथा संवाद आशिष रेग्मीले लेखेका हुन् भने रोशन श्रेष्ठ फिल्मका द्वन्द्व निर्देशक हुन् ।
हाल भारतमा अवस्थित देहरादुनको नालापानीमा सन् १८१४ मा नेपालले ब्रिटिश साम्राज्यविरुद्द नेपालले युद्द लडेको थियो । आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म आइपुगेको तत्कालिन ब्रिटिश इष्ट इन्डिया कम्पनीले नेपालमा आफ्नो अधिपत्य कायम गर्न अघि बढेको समयमा त्यसलाई रोक्न नेपालले युद्द लड्नुपरेको थियो ।
त्यो समयमा नेपालमा पर्ने नालापानी आइपुगेको अंग्रेज सेनासँग नेपाली सेनाको मुठभेड भयो । तत्कालिन वीर गोरखाली सेना कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपालले अंग्रेजसँग बहादुरीपूर्वक लडाइँ लडेको थियो ।
कमजोर सैन्य शक्ति, प्रविधि आदिका कारण उक्त लडाइँमा नेपालले विजय प्राप्त गर्न सकेन तर, नेपालले युद्दमा प्रस्तुत गरेको वीरता तत्कालिन शत्रुपक्ष र विश्व सैन्य इतिहासमै र हालसम्म पनि उच्च प्रशंसित भयो । उक्त लडाईँ नेपाली सेनाले तीन पटकसम्म जितेको थियो तर अंग्रेज फौजले चलाखी गरेर हराएको थियो । अंग्रेजले पानीको मुहान थुनिदिएपछि पनि लामो समय लडाईँ गर्दा गर्दै नेपाली सेना पछाडी हट्न बाध्य बनेको थियो ।
भिडियो :
https://m.youtube.com/watch?v=S3j3Ou3RKss&feature=youtu.be
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस