दयाहाङको सोल्टीनीकी भिडियो सार्वजानिक (भिडियो)

फिल्मी फण्डा । चलचित्र कबड्डीमा अभिनेता दयाहाङ राईसँग सोल्टीनीको भूमिकामा अभिनय गरेकी कलाकार रिश्मा गुरुङ्को नयाँ म्यूजिक भिडियो सार्वजानिक भएको छ । गायक विजय रुम्बा लामाको नयाँ गीत सिन्की को अचारको भिडियोमा विजय आफैले पनि अभिनय गरेका छन् ।
चलचित्र कबड्डी पछि चर्चामा आएकी रिश्मा धेरै समय पछि म्यूजिक भिडियोमा देखिएकी छिन् । डिपि खनालको शब्द तथा सुबाश भुषालको संगीत रहेको यस गीतमा विकास सुबेदीको निर्देशन रहेको छ । भिडियोको छायांकन पर्यटकिय स्थान बन्दिपुरमा गरिएको हो ।
अनिल कुमार मानन्धरले खिचेको यस भिडियोका सम्पादक शिलन लम्साल हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस