निर्देशक भन्सालीको टाउको काटेर ल्याउनेलाई ५ करोड पुरस्कार

फिल्मी फण्डा । राजपुत समाजका कारण विवादमा रहेको फिल्म ‘पद्यमावती’को रिलिज डेट नजिकिदै गर्दा पनि विवादमा नै तानिरहेको छ । डिसेम्बर १ बाट रिलिज हुने चलचित्र ‘पद्यमावती’ यदि रिलिज भएमा राजपुत समाजले थिएटरमा नै आगो लगाउनुको साथै तोडफोडको धम्कि दिएका छन् ।
यतिमात्र नभई पछिल्लो पटक उत्तरप्रदेशका मरेठएक राजपुत नेताले सञ्जयलीला भन्सालीको टाउको काटेर ल्याउनेलाई ५ करोड पुरस्कार दिने घोषणा समेत गरेको छ । राजपुतहरुले निर्देशक भन्सालीले अलाउद्दिन खिलजीको मानमर्दन गरेको अरोप लगाएका छन् । चलचित्रमा राखिएको घुमर डान्सप्रति पनि उनीहरुले आपत्ती जनाएका छन् भने राजा र रानीविचको इन्टिमेट सिनको विषयमा समेत राजपुत समाजले आपत्ति जनाएको छ ।
चलचित्रमा रणवीर सिंहले खिलजी, दीपिका पादुकोणले रानी ‘पद्यमावती’ र शाहिद कपुरले ‘राजा रावल रतन सिंह’को भुमिकामा देखिने छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस