पद्यमावती ब्याण्ड हैन अन्तत रिलिज हुने पक्का

फिल्मी फण्डा । राजपुत समाजका कारण विवादमा रहेको फिल्म ‘पद्यमावती’को रिलिज डेट नजिकिदै गर्दा पनि विवादमा नै तानिरहेको कारण फिल्म रिलिज नहुने भनिएको थियो । तर फिल्म अब डिसेम्बर १ मा नै बेलायतमा भने रिलिज हुने भएको छ ।
भारतकी राजपुत रानी पद्मावती, राजा रतन सिंह र सुल्तान अलाउद्दिन खिलबीचको प्रेमलाई दर्साउन खोजिएको चलचित्र ‘पद्यमावती’ यदि रिलिज भएमा राजपुत समाजले थिएटरमा नै आगो लगाउनुको साथै तोडफोडको धम्कि दिएका थिए । तर ब्रिटिस बोर्ड अफ फिल्म (बिबिएफसि) ले भने फिल्मलाई पास गरेको छ ।
फिल्म हेर्नका लागि १२ वर्ष मुनिका बालबालिकाहरूले भने परिवारको सहायता लिएर फिल्म हेर्न सक्ने बोर्डले जनाएको छ । भारु १९० करोड लागतमा तयार गरिएको चलचित्र राजपुत समूहहरुको विरोधका कारण अनिश्चित समयको लागि फिल्मको रिलिज मिति सारिएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस