पल र प्रदिप भन्दा सस्ता अनमोल, सबैभन्दा महँगो स्टार पल

फिल्मी फन्डा पछिल्लो पुस्ताका तीन स्टारहरु हुन पल शाह, प्रदिप खड्का र अनमोल केसी । प्राय निर्माताको रोजाईमा परेका यी तीन स्टारहरुले आफ्नो रोजाईमा मात्र फिल्म खेल्ने गरेका छन।
हामीले यी तीन कलाकारको ब्यवसयीक अवस्थालाई चित्रण गर्न खोजिरहेका छौं । फिल्म बजारमा अनमोल केसीको सर्वाधीक महँगो नयकको रुपमा चर्चा चल्ने गर्छ। अहिले यी तीन नायकमा सबैभन्दा सस्ता नायक बनेका छन अनमोल केसी। कतिपयलाई बिश्वास नलाग्न सक्छ तर अहिले यस्तै भएको छ।
हाल अनमोल केसीले एउटा फिल्म खेले बापट लिने रकम भनेको २० देखी २५ लाख मात्रै हो। यस्तै पल शाहाले लिने रकम भनेको एउटा फिल्म बापट ५ देखि १० लाख हो भने प्रदिप खड्काले पनि एउटा फिल्म बापट ५ देखि १० लाख नै हो। मिडियमा चर्चा चलाउनकै लागि कहिले काँही प्रदिप खड्काले २० लाख सम्म लिएको कुरा बहिरीन्छ।
एउटै फिल्मबाट २०/२५ लाख लिने अनमोल कसरी सस्ता नायक, तपाईलाई लाग्न सक्छ। हामीले एउटा फिल्म भन्दा बार्षिक रुपमा यो तथ्य तयार पारेका हौं ।पल र प्रदिपले एक बर्षमै २/३ वटा सम्म फिल्म गर्ने गर्छन भने अनमोलले दुइ बर्षमा एउटा मात्र फिल्म गर्छन। आम्दानीको हिसाबमा पल र प्रदिपले फिल्म बाट मात्रै २० देखी ३० लाख कमाउँछन भने दुई बर्षमा यसको दोब्बर अर्थात ४० देखी ६० लाख सम्म कमाउँछन। तर अनमोलले दुई बर्षमा मात्र २० देखी २५ लाख कमाउँछन।
यसरी कमाईको हिसाबले पल र प्रदिप भन्दा अनमोल सस्ता नायक भएका हुन । यी तीनमा कमाईको हिसाबले सबैभन्दा महँगो नायक भने पल हुन । किनकी पलले बर्षमा आधा दर्जन नजिक भिडियो पनि खेल्ने गर्छन। उनले एक भिडियो बाट कम्तीमा ३० हजार लिने गर्छन । यसरी कमाईको हिसाबले पल सबै भन्दा महँगो र अनमोल सबै भन्दा सस्ता स्टार हुन। लगनशिलता, मेहनत र कामको हिसाबले अनमोलले फिल्म बापट लिने गरेको पैसा निकै कम हुन्छ। धेरै समय सम्म मिडियामा नरहनु अनमोलकै फिल्मको लागी थप प्रोमोशन बदाउनु हो। अनमोलको डेब्यु फिल्म होस्टेल देखी लगातार सबै फिल्म हिट भएको छ । यस्तै पलको डेब्यु फिल्म नाई नभनु ल ४ पनी हिट भएको थियो। त्यसपछिका पलका फिल्महरु औसत हिट नै भईरहेका छन् । तर प्रदिपले डेब्यु गरेको फिल्म ईस्केप सुपर फ्लप भएको थियो। त्यसपछिका प्रेम गीत र प्रेम गीत २ हिट भएका हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस