निखिल र सारा एकअर्का बिना आधा (भिडीयो)

फिल्मी फण्डा । एक्शन नायक निखील उप्रेती र नायिका सारा श्रीपाईली अभिनित फिल्म पिँजडा ब्याक अगेनको दोस्रो गीत ‘तिमी नि आधा’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले सो गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा निखील उप्रेती र सारा श्रीपाईलीको रोमान्सलाई देख्न सकिन्छ । गीतमा स्वर र संगीत अर्जुन पोखरेल र अन्जु पन्तको रहेको छ भने शब्द मुक्त उदासको रहेको छ । गीतको भिडीयोमा रामजी लामिछानेको कोरियोग्राफि रहेको छ । फिल्मलाई एक्शन डाईरेक्टर हिमाल केसीले निर्देशन गरेका हुन् भने रोहित पुरी, चन्द्र बहादुर क्षेत्री र गोविन्द गैरेले लगानी गरेका हुन् ।
सौरभ लामाले खिचेको फिल्मको कथा मौनता श्रेष्ठले लेखेका हुन् । फिल्ममा निखील र साराको अलवा पुकार भट्टराई, ज्याक श्रेष्ठ, भोला सापकोटा, कुशाग्र भट्टराई र विना थापा लगायतको अभिनय रहेको छ । फिल्म माघ ४ गतेबाट देशव्यापी रुपमा प्रदर्शन हुदैछ ।
भिडीयो :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस