प्रियंकाले दिपकलाई बोकेपछि फोटो भाईरल (फोटो फिचर)

फिल्मी फण्डा । कलाकार दिपकराज गिरि र नायिका प्रियंका कार्कीले झ्यानाकुटी पोजमा फोटो खिचेर ामाजिक सञ्जालमा हालेपछि चर्चा शुरु भएको छ । अहिले यो फोटो सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । प्रियंका केही बर्ष यता दिपकसँग हरेक काममा सहकार्य र नजिक छन् । प्रियंका आफ्ना प्रेमी आयुष्मान पछि दिपकसँग यति धेरै खुल्छन् ।
फिल्म झ्यानाकुटीले झ्यानाकुटी पोजको फोटो कन्टेस्ट शुरु गरेदेखी यसको चर्चा बढ्दै गईरहेको छ । यहि शुक्रवार रिलिज हुने फिल्मको प्रमोशनलाई पनि साथ दिन सेलेब्रेटीहरुले झ्यानाकुटी पोजमा फोटो खिचेर सामाजिक सञ्जालमा अपलोड गरिरहेका छन् । झ्यानाकुटी पोजमा फोटो खिचेर अपलोड गर्ने कलाकारहरुमा दिया मास्के, अनोज पाण्डे, प्रियंका कार्की, दीपक राज गिरि, नीता ढुंगामा, श्याम भट्टराई, ऋचा शर्मा, अनिल पराजुली, बर्षा राउत, संजोग कोइराला, रिमा बिश्वकर्मा र रविन श्रेष्ठ लगायतका रहेका छन् ।
फिल्म युनिटले प्रिती चाउचाउसंगको सहकार्यमा झ्यानाकुटी फोटो कन्टेस्ट अगाडी ल्याएको थियो । कन्टेस्टमा सहभागी हुनेले प्रेमिका वा श्रीमतीले प्रेमी वा श्रीमानलाई बोकेको तस्वीर फेसबुकमा फिल्मको नाम र प्रदर्शन मिती मेन्सन गर्दै झ्यानाकुटी फेसबुक पेजलाई ट्याग गरेर फेसबुकमा अपलोड गर्नु पर्ने हुन्छ ।
त्यहाँ अपलोड गरिएका तस्वीर मध्य सबैभन्दा बढी लाइक पाउनेले ५१ हजार नगद पनि पाउने छन् । यस कन्टेस्टमा दर्शक त उतिकै सहभागी छन् नै सेलिब्रेटीले पनि उतिकै साथ् दिएका छन् । फिल्ममा निशासंगै सिमोश सुनुवारको पनि लगानी रहेको छ भने सिमोश नै फिल्मका निर्देशक हुन् । प्रदीप भारद्वाजको कथा रहेको फिल्ममा सौगात मल्ल, बेनिशा हमाल , सुमी मोक्तान , एस्टल गुरुङ लगायतको अभिनय रहेको छ ।
तस्वीर : सामाजिक सञ्जालबाट
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस