बाह्र हाते ‘पटुकी’ बाँध्दै रजनी (भिडियो)

फिल्मी फण्डा । फिल्म ‘पटुकी’ को शिर्ष गीत सार्वजनिक भएको छ । लोक फ्लेवरको ‘पटुकी–पटुकी’ गीतमा राजनराज सिवाकोटीको स्वर र संगीत छ । गायिका अन्जु पन्त र राजन राजकै स्वरमा गीतलाई स्वरांकन गरिएको छ । गीतमा निर्माता म्याक्तेन कालुको शब्द रहेको छ ।
लोक प्याटर्नको गीत भएको कारण फिल्मलाई केही राहत पुग्ने निर्माण पक्षको दाबी रहेको छ । पटुकीमा रजनीसँगै जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ । स्क्रिप्ट समेत आफैं लेखेका निर्माता तथा कलाकार कालुले ‘पटुकी’ को कथाले सम्पूर्ण नारीलाई बाँध्ने बताए । ‘पटुकी’मा लक्ष्मण घिमिरेको छायांकन रहेको छ । फिल्म पुस २१ गतेबाट देशभर प्रदर्शन हुदैछ ।
भिडियो :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस