केकी नाजिरको रानी बनेपछि (भिडीयो)

फिल्मी फण्डा । नेपाली फिल्म राज्जा रानीको पहिलोे गीत सार्वजनिक गरिएको छ । चिपक चिपक बोलको गीत निर्माण पक्षले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको हो । गीतमा नाजिर हुसेन र केकी अधिकारी लाई फिचरिङ गरिएको छ ।
गीतमा केकी र नाजिर बीचको प्रेम भावलाई प्रस्तुत गरिएको बुझ्न सकिन्छ । फिल्म आगामी पुस २ गतेबाट देशव्यापी प्रदर्शन हुने भएको छ । दीपक शर्माको संंगीत रहेको गीतमा नरहरि प्रेमी र सुमिना लोकोको स्वर रहेको छ । उक्त गीतलाई राजेन्द« थापाले लेखेका हुन् ।
रमेश एमके पौडेलले निर्माण गरिएको फिल्मको यस गीतलाई विक्रम स्वांरले कोरियोग्राफि गरेका छन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने यम थापाले निर्देशन गरेका हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस