• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

रज्जा रानी की राज्जा रानी ? नाम त यस्तो, फिल्म कस्तो ?

  • 2017-11-13 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । नायक नाजिर हुसेन र नायिका केकी अधिकारी अभिनित फिल्म रज्जा रानी उर्फ राज्जा रानी आगामी पुष २१ गतेबाट देशव्यापी प्रदर्शनको लागि तयार भएको छ । निर्माण पक्षले फिल्मको प्रचार सामाग्री पनि विस्तारै सार्वजनिक गर्दै आईरहेको छ । केही हप्ता अगाडी फिल्मको टिजर सार्वजनिक गरिएको थियो भने यसै हप्ता फिल्मको गीत सार्वजनिक गरिएको छ ।

    गीतलाई सामाजिक सञ्जालमा राम्रो भिउज पनि भईरहेको छ । प्रसंग के हो भने फिल्मको दुई छुट्टा छुट्टै प्रचार सामाग्री सार्वजनिक गर्दा फिल्मको नाम पनि दुई वटै रहेको बुझिएको छ । टिजर सार्वजनिक गर्दा फिल्मको नाम रज्जा रानी रहेको छ भने फिल्मको गीत सार्वजनिक गर्दा फिल्मको नाम राज्जा रानी राखिएको छ ।

    फिल्मको नाम वास्तविकमा के हो ? निर्देशक स्वयंम झुकेका हुन् या निर्देशकलाई थाहा नभएका हुन् । की यी दुबै नामको दुईटा फिल्म हो, त्यो भने निर्देशकलाई नै थाहा होला । फिल्मको क्याप्टेन अर्थात निर्देशक जस्तो महत्वपूर्ण पद पाएका यम थापाको आँखा कहाँ थियो । जब आफ्नै फिल्मको नाम दुई थरी हुन गयो । यस्तो निर्देशकले फिल्म कस्तो बनाएको होला, त्यो प्रदर्शन पछि पक्कै थाहा हुनेछ ।

    फिल्मलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । पौडेलले यस्तो निर्देशकलाई कसरी विश्वास गरे होलान्, त्यो पनि उनैलाई थाहा होला । जे होस्, अहिले फिल्मको नाम थरी–थरी आईरहेका छन् भोली फिल्म पनि खै के–खै के भने जस्तै थरी–थरीका नहुन् भने मात्र हाम्रो सुझाव हो ।

    रज्जा रानी नाम भएको टिजर हेर्नुहोस् :

     

    राज्जा रानी नाम भएको गीत हेर्नुहोस् :


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    आर्यन सिग्देलको  ‘डिसेम्बर फल्स’ को छायांकन सुरु
    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ को छायांकन सुरु
    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय

    Recent Posts

    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ को छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक
    • निर्मल दाहालको ‘अचेल माया’ (भिडियो)
    • गायिका समिक्षा अधिकारीको ”चिनो रुमाल” (भिडियो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073