स्क्याण्डल : ऋचाले गरिन् छक्का पञ्जालाई गाली
ऋचाको मानसिक सन्तुलन ठिक नभएको दिपक दिपाको दावी (भिडियो सहित)
ऋचाको मानसिक सन्तुलन ठिक नभएको दिपक दिपाको दावी (भिडियो सहित)

फिल्मी फण्डा । प्राय फरक फरक भुमिकामा अभिनय गर्ने नायिका हुन् ऋचा शर्मा । ऋचा शर्माको फरक अभिनयकै कारण मिडियाकर्मिले उनलाई सजिलै चिन्छिन् । तर बिडम्बना उनको फिल्मले प्राय निकै कम दर्शक पाउँने गर्छन् । आफ्नो स्टारडम खस्कन लागेपछि र आफु मिडियामा कम छाउन थालेपछि नेपाली फिल्मी बजारमा अनेक किसीमको स्क्याण्डलहरु मच्चिने गर्छन् ।
हालै उनै ऋचाले एक स्क्याण्डल रचेकी छिन् । छक्का पञ्जा चलेर हिट भईसकेको फिल्म हो तर उनै ऋचाले आफुले छक्का पञ्जा हेरेको र फिल्ममा नारीलाई शोषण गरेको भन्दै गाली गरेका छन् । उनले नारीलाई शोषण गर्दा ताली बजाउने दर्शकहरु र फिल्मका निर्माण टिम मूर्ख भएको बताएकी छिन् । एउटा कार्यक्रममा यस्तो अभिव्यक्ति प्रस्तुत गरेकी हुन् । उनले मिडियामा छाउन यस्तो गरेकी हुन् वा साच्चै फिल्म युनिटसँग रिस थियो त्यो उनैलाई थाहा होला तर यो कुरा भने छक्का पञ्जा टिमलाई अपच भएको छ । टिमको कलाकारहरुले ऋचालाई सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यसको मतलब फिल्मको युनिटले ऋचालाई मानसिक रुपमा विरामी भएको भन्न जोजिएको छ ।
फिल्मका निर्देशक दिपाश्री निरौला, लेखक तथा निर्माता दिपकराज गिरी, नायिका प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का लगायतले आफ्नो फेसबुकमा ऋचालाई लक्षित गर्दै ऋचालाई गालि गरेका हुन् साथै टिमको केही कलाकारहरुले यस्तो लेखेका छन् । ‘एक जना नायिकाले हाम्रो चलचित्र हेरेर तालि बजाउने दर्शक लाई मूर्ख भन्नु भएछ । प्रिय नायिका ज्यू दर्शकलाई मुर्ख भन्नु भएकोले नै तपाईका फिल्मले कहिल्यै दर्शक पाएनन् ।
भिडियो :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस