स्वरुपराज आचार्यको नयाँ आधुनिक गीत ’हाम्रो सानो संसार’ सार्वजनिक (भिडीयो)

फिल्मी फण्डा । मेघा इन्टरटेन्मेन्टको प्रस्तुतीमा चर्चित गायक स्वरुपराज आचार्यको स्वरमा नेपाली आधुनिक गीत ’हाम्रो सानो संसार’को भिडियो सार्वजनिक भएको छ । उक्त गीत बिष्णु कार्कीको एल्बम ’प्रकाश किरण’मा समावेश गरिएको छ ।
गीतमा किरण पहाडीको संगीत र प्रकाश जंग कार्कीको शब्द रहेको छ । गीतको कार्यकारी निर्माता विजय कुमार बस्नेत हुन् भने छायाँकार अजय रेग्मी हुन् । कुमार केसीले निर्देशन गरेको भिडियोमा सुशन पाठक र आरती थापा फिचरिङ्मा रहेका छन् । गीतको सम्पादक अनुप सिवाकोटी हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस