४ दिने द्वन्दात्मक संघर्षमा ‘तान्द्रो’

फिल्मी फन्डा । १० बर्षे जन्नयुद्ध सकेको १२ बर्ष बितिसक्दा देशले गनतन्त्रलाई सस्थागत गर्न सकेको छैन। जन्नयुद्धमा कतिले ज्यानको आहुती दिए त कति अपाङ्ग भए। जन्नयुद्वमा अपाङ्ग भएका कतिले संघर्षमा जिन्दगी बाचिरहेका छन् । त्यही जन्नयुद्वमा अपाङ्ग भएका गंगा बहादुर लामा ‘कमरेड कोशिश’ को जिवनीमाथी बनेको फिल्म ‘तान्द्रो’ को बुधबार प्रिमियर शो सम्पन्न गरिएको छ।
प्रिमियर शो मा नेता मोहन बैद्य, रञ्जु दर्शना लगायत का नेता तथा कलाकारहरु उपस्थीत भएका थिए। फिल्म हेरिसकेपछी अधिकांशले फिल्म राम्रो भएको प्रतिक्रिया दिएका छन्। जन्नयुद्वमा गोलि लागेका कमरेड कोशिशको ४ दिने संघर्षमा फिल्म घुमेको छ । उक्त पात्रलाई भने कलाकार दयाहाङ राईले निभाएका छन । सिनेमा आर्ट र ब्ल्याक हर्स मुभिजको ब्यानरमा निर्माण भएको फिल्मलाई साम्टेन भुटीयाले निर्देशन गरेका हुन् । फिल्मका निर्माता शतिश कुमार गौतम हुन् । फिल्ममा दयाहाङको अलवा बुद्धि तामाङ, रामबाबु गुरुङ, राजन खतिवडा, सरस्वती चौधरी लगायतको अभिनय रहेको छ । फिल्म यहि कार्तिक २४ गते शुक्रवारबाट देशव्यापी प्रदर्शन हुनेछ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस