दीक्षा र सबिन कार्कीको ’भाईरल भैदियो’ ट्रेन्डिङमा (भिडीयो)

फिल्मी फण्डा । सबिन कार्की ’बिस्ट’ले तयार पारेको नयाँ भिडीयो ’भाईरल भैदियो’ सार्वजानिक भएको छ । गीतमा एकतर्फी मायालाई डान्सिङ मुडमा देखाउन खोजिएको छ । गीतमा सबिन कार्की सगैँ आठ बर्षिय दीक्षा ठकुरी दमदार नृत्य देख्न सकिन्छ ।
उक्त गीतको गीतकार तथा संगीतकार मानस राज हुन् । मानस राजको यस भन्दा अघि ’पिरतीको छाता ओढाउँला’ ’माया माया’ बोलको गीत निकै नै हित भइसकेको थियो । गीतको भिडीयोलाई सबिन आफैले निर्देशन तथा सम्पादन गरेका हुन् भने गीतका एरेन्जर उदय राज पौडेल हुन् । भिडियो रिलीजसँगै आठ बर्षीय दीक्षाको नृत्य र अभिनय दुवै प्रतिभा अत्यन्तै तारिफ गरिएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस