युट्युबको फेसबुकलाई च्यालेन्ज, च्याट गर्न मिल्ने सहितको नयाँ स्किम (हेर्नुहोस् भिडियो सहित)

फिल्मी फण्डा । युट्युवको नयाँ स्केम सबै युट्युब प्रयोगकर्ताहरुको लागि सार्वजनिक गरिएको छ । पछिल्लो समय सामाजिक सञ्जालहरुमा पनि प्रतिस्पर्धा चुलिदै गएपछि एकले अर्कोसँग प्रतिस्पर्धात्मक रुपमा नयाँ नयाँ स्केमहरु ल्याईरहेका छन् ।
हालै युट्युबले नयाँ स्केम ल्याईएको हो । विशेष गरि युट्युवले फेसबुकसँग प्रतिस्पर्धा गर्दै नयाँ स्केम ल्याईएको हो । जसमा फेसबुकमा जस्तै च्याट गर्न मिल्ने, आफ्नो भिडियोहरु अर्को युट्युब प्रयोगकर्ताहरु तथा साथीहरुलाई पठाउन मिल्नेछ । साथै यो स्केम संञ्चालन गर्न नयाँ युट्युबरहरुले खोल्ने बितिकै प्रयोग गर्न सक्छन् भने पुराना युट्युबकर्ताहरुले युट्युबलाई अपडेट गर्नुपर्नेछ । पछिल्लो समय फेसबुकले मोनटाईजेशन सेवा सुचारु गरेपटि युट्युबको व्यवासाय कम हुदै गएको थियो ।
त्यसपछि युट्युबले काँटछाँट गरेर मात्र विज्ञापन दिने नयाँ नियम लागु गरेका थिए । हालै उनले फेसबुकलाई केही रुपमा असर पर्ने गरि नयाँ स्केम ल्याईएको हो । युट्युबले केही बर्षमै फेसबुकलाई फेल खुवाउने गरि नयाँ स्केम ल्याईएको विश्वव्यापी रुपमा सूचना फैलाईएको छ । अब सबै मानीसले आफ्नो आईडीबाट सिधै साथीहरु बनाउँन सक्नेछन् र आवश्यक कुराकानी तथा भिडियोहरु सेयर गर्न सक्नेछन् । यसको मतलब अब फेसबुक खोलिराख्नुपर्ने झन्झटबाट आम मानिसहरु मुक्त हुनेछन् ।
हेर्नुहोस् भिडियो :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस