अनमोलको एक्शन ट्रेलर पछि रोमान्टिक अवतार

फिल्मी फण्डा । यस बर्षको बहुप्रतिक्षित फिल्म हो कृ । अनमोल केसी स्टारर कृको ट्रेलरको निकै चर्चा भईरहेको छ । अनमोललाई एक्शन अवतारमा प्रस्तुत गरिएको कृ को ट्रेलर पछि अनमोलको रोमान्टि अवतारहरु बाहिरिएको छ ।
फिल्म निर्माण टिमका अनुसार उक्त रोमान्टिक अवतार फिल्मको एक पार्टी गीतको क्रममा रहेको बुझिएको छ । निर्माण टिमकै अनुसार ट्रेलर हिट भईसकेपछि अग्रेजी नयाँ बर्षको छेकोमा उक्त गीत दर्शकहरुले हेर्न पाउने छन् । उक्त गीतमा अनमोल केसी क्लबमा नाचेको दृष्य समावेश हुनेछ ।
उक्त गीतबाट अनमोलको रोमान्टिम केही तस्वीरहरु हामीले प्रस्तुत गरेका छौं । सुवास गिरी र भूवन केसीले मिलेर बनाएको फिल्मका कार्यकारी निर्माता कमल गिरी हुन् । श्री पराजुली फिल्मका सह–निर्माता हुन् । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । माघ २६ गतेबाट यो फिल्म रिलिज हुँदैछ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस