गीत हिट पछि अब फिल्म बन्ने ‘साइली’, गौरव र मेनुका को रोमान्स रहने

फिल्मी फण्डा । सुन साईली बोलको गीत नेपाली साँगीतिक क्षेत्रमा निकै हिट भएको गीत हो । नायक गौरव पहारी र नायिका मेनुका प्रधानले अभिनय गरेको यस गीतले धेरै नेपालीहरुको मन खिच्न फल भयो । अब उनै गीत साईलीको नाममा फिल्म पनि निर्माण हुने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माण टिमले साईली निर्माण गर्न लागिएको बताईएको हो ।
सफल निर्देशक रामबाबु गुरुङले यो फिल्मको निर्देशन गर्ने गरि जीएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागिएको हो । जसमा गौरव, हेमन्त राणा, अजय पोखरेल, विशाल गुरुङ, मोहन थापाको संयुक्त लगानी रहने छ । फिल्मको कथा रामबाबु गुरुङ स्वयमले लेखेका हुन् । निर्माण टिमले फिल्मलाई गीत जस्तै हिट बनाउने दावी गरेका छन् । फिल्ममा गौरव र मेनुकाको नै मूख्य भुमिका रहने बताईएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस