चलचित्र व्वाईफ्रेण्डको टाइटल गीत सार्वजनिक (भिडीयो)

फिल्मी फण्डा । चलचित्र व्वाईफ्रेण्डको टाइटल गीत रिलिज भएको छ । माघ १२ गतेबाट देशव्यापि रुपमा प्रदर्शन हुन लागेको चलचित्र व्वाईफ्रेण्डको गीत सामाजिक सञ्जालबाट रिलिज गरिएको हो । उक्त गीतमा टंक बुढाथोकीको स्वर रहेको छ । बुढाथोकी फिल्मसको व्यानमा निर्माण भएको यो चलचित्रलाई लायन कृष्ण खनालले निर्माण गरेका हुन् ।
चलचित्रमा पुष्कर रेग्मी र महिमा सिलवालको मुख्य भुमिका रहेको छ भने यस फिल्मका प्रस्तुतकर्ता सुर्य बुढाथोकी हुन् । निर्माता कृष्ण खनाल भन्छन् – ” युवा अवस्थामा आफ्ना अभिभावकको खुकुलो केयरीड.का कारण कुलतमा फस्ने गरेका युवाहरुको कथा समेटीएको यो चलचित्रले सामाजिक चेतना दिने छ । ”
चलचित्रमा महिमा र पुस्करको अलवा सरोज खनाल,मोहन निरौला,कृष्ण खनाल, श्याम कुमार मिश्र ,सोनम थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । मदन घिमिरेको निर्देशनमा तयार भएको यो चलचित्रको लेखक भने मौनता श्रेष्ठ हुन् ।
भिडीयो :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस