• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

बोर्ड अध्यक्ष निकितालाई चलचित्र संघ द्धारा बधाई ज्ञापन

  • 2017-12-18 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । हालै चलचित्र विकास बोर्डमा नियुक्त भएकी अध्यक्ष निकीता पौडललाई नेपाल चलचित्र संघले स्वागत तथा बधाई ज्ञापन गरेको छ । संघले आफ्नै कार्यालयमा अध्यक्ष प्रदिप कुमार उदयको सभापतित्वमा स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको हो । बोर्ड अध्यक्ष निकीतालाई चूनौती र संभावनाको वारेमा उदृत गर्दै समग्र चलचित्र क्षेत्रको विकासको लागि अबको अध्यक्षले सोच्नुपर्ने दिन आएको र त्यसको लागि संघले सहयोग गर्ने समेत अध्यक्ष प्रदिप कुमार उदयले बताएका छन् । कार्यक्रममा निर्माता संघ, निर्देशक समाज, कलाकार संघ, प्राविधिक संघ, चलचित्र पत्रकार संघ लगायतका पदाधिकारीहरु उपस्थित भएका थिए ।

    यता हालै बोर्डमा आएका अध्यक्ष निकीता पौडेल भने विवादमा परेकी छिन् । अस्ताउनै लागेको सरकारले नियुक्त गरेकै कारण उनको विपक्षमा बाम गठबन्धनका नेता लगायत केही चलचित्रकर्मीहरु समेत देखिएका छन् । वर्तमान अवस्थामा बोर्डमा पद बहाली गरेकी निकीतालाई नयाँ सरकार नबनुञ्जेल केही काम गरेर देखाउने चूनौती छ । यसो त बोर्डका अन्य सदस्यहरुले पनि बोर्ड अध्यक्ष प्रति खासै चासो देखाएका छैनन् ।

    नयाँ सरकारले यो नियुक्तीलाई विवादमा तानिने होकी भने प्रश्न पनि खडा भएको छ । तर सरकारकै प्रक्रियागत तरिकाले योज्ञ व्यक्ति नै बोर्डमा आएको चलचित्र संघका पदाधिकारीहरु तथा अन्य केही चलचित्रकर्मीहरुको दावी पनि छ । यस अघि बोर्डमा आएका अध्यक्षहरुले फिल्म सिटी र बक्स अफिसलाई प्रथामिकतामा राखेपनि कामको थालनी गर्न सकेनन् । निकीता पौडेलले आफ्नो कार्यकालमा के गर्ने हुन् त्यो हेर्न बाँकी नै छ ।

    यो पनि पढ्नुहोस् :

    बोर्ड अध्यक्षबाट आशा के र आवश्यकता के ?


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073