ईकुको ‘फिर्के’ अमेरिकामा पनि चल्ने

फिल्मी फण्डा । सुलेमान शंकर ईकुले निर्माण गरेको फिल्म ‘फिर्के’ नेपाल प्रदर्शन पश्चात अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण कम्पनी एस.एम.एस. फिल्मस् र अमेरिकामा प्रदर्शनको लागि लक्षिन फाउण्डेशनका बीच सम्झौता भएको कलाकार सुलेमान शंकर ईकुले बताएका हुन् । नेपालमा पौष २१ गते फिल्म प्रर्दशन हुनेछ । आगामी फेब्रुअरीबाट अमेरिकाका बिभिन्न स्टेटहरुमा चलचित्र प्रदर्शन गरिने भएको हो ।
‘फिर्के’लाई रवि डंगोल बेईमानले निर्देशन गरेका हुन् । फिल्ममा अर्पण थापा, सुलेमान शंकर ईकु, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । अभिमन्यू निरबीले लेखेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व, मित्र डि. गुरुङ्को सम्पादन र राम कुमार केसीको छायांकन रहेको छ । ‘फिर्के’मा ओमलाल गुरुङ र राजेश श्रेष्ठको पनि लगानी रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस