“ह्याप्पी ह्याप्पी मूड” सँगै गरियो “गाँजाबाजा” को रिलिज डेट फिक्स् (भिडीयो)

फिल्मी फण्डा । चलचित्र ‘गाँजाबाजा’को प्रदर्शन मिति सँगै पहिलो गीत सार्वजनिक भएको छ । फिल्म यूनिटले ‘ह्याप्पी ह्याप्पी मूड’ बोलको गीत बुधवार दिउँसो सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरेको हो । गणेशदेव पाण्डेले निर्देशन तथा लेखन गरेको फिल्मको गीतमा निख एण्ड जटाको सङ्गीत र जटावेदा बेनर्जीको स्वर रहेको छ ।
करिब २ बर्ष अघि नै छायाँकन भईसकेको फिल्म चलचित्रको नामको कारण प्रर्दशन गर्नबाट रोक लागि रहेको थियो । अब भने निर्माण टिमले चलचित्र फागुन २५ गतेलाई लक गरेका छन् । टुका इन्टरटेनमेन्ट र डीआर फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रलाई दिपेन्द्र रेग्मी र गोमा विष्ट थापाले निर्माण गरेका हुन् ।
फिल्ममा वर्षा सिवाकोटी, अनुपम शर्मा, सुशील सिटौला, रक्षा श्रेष्ठ, जीवन भट्टराई, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।
भिडीयो :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस