मोफसल कन्सर्टमा ‘ह्याप्पी न्यू इयर’ टोली

फिल्मी फण्डा । चलचित्र ह्याप्पी न्यू इयर को टोली अहिले मोफसलको प्रचारप्रसारमा तीव्र रुपमा लागी परेका छन् । चलचित्रलाई प्रभावकारी बनाउने उद्देश्यले चलचित्र ‘ह्याप्पी न्यू इयर’ को टिम अहिले मोफसलका मुख्य शहरमा कन्सर्ट गरिरहेको छ । फिल्मको पहिलो कन्सर्ट हेटौडाको खासा बजारमा भव्य र सभ्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रमको मुख्य आकर्षण गायक विनोद ढकाल बनेका थिए । उनले युथ ओरिएन्टेड डान्सीङ गीतहरु गाएका थिए । कन्सर्टमा चलचित्रका नायक तथा निर्माता कुशल थापाले नृत्य समेत गरेका थिए । पौष ५ गते नारायणघट, ६ गते बुटवल, ८ गते पोखरा हुँदै फिल्म युनिट फर्कनेछ । चलचित्र यहि पौष १४ देखि रिलिज हुँदैछ । देव कुमार श्रेष्ठ निर्दे्शित चलचित्रमा कुशल थापा, सन्ध्या केसी र पुकार गौतमको मुख्य भूमिका छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस