कुशलले भने तिमी नै मेरो सन्ध्या (भिडियो)

फिल्मी फण्डा । रिलिजको पूर्व सन्ध्यामा फिल्म ‘ह्याप्पी न्यू इयर’ को ‘तिमी नै मेरो’ बोलको गीत रिलिज गरिएको छ । सामाजिक मार्फत फिल्मको रोमान्टिक सङ रिलिज गरिएको हो । सार्वजनिक गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वर समावेश छ ।
गायक टंक स्वयमको यस गीतमा शब्द तथा संगीत रहेको छ । डिकेशको नृत्य निर्देशन रहेको यो गीतमा कुशल थापा र सन्ध्या केसी फिचरिङ छ । केही दिन पहिले मात्र फिल्म निर्माण यूनिट मोफसलको प्रमोशनल टुर सकेर राजधानी फर्केको छ । नयाँ वर्षलाई लक्षित गर्दै पौष १४ गते चलचित्रले प्रदर्शन आरम्भ गर्दैछ । न्यू इयर इभ देखि रिलिज हुने यस फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा कुशल थापा, सन्ध्या केसी र पुकार गौतमको शीर्ष रोल रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस