• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

नेपाली कलाकारको जापानीज गीत (भिडियो)

  • 2017-12-03 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । फिल्म माई लभ को जापानिज गीत सार्वजनिक भएको छ । सामाजिक सञ्जालबाट निर्माण पक्षले सो गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा कलाकार गणेश लामालाई फिचरिङ गरिएको छ । चलचित्र यही मंसीर २९ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा रिलिज हुँदैछ ।

    भूकम्पले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा गरेको क्षतिसँगै भूकम्पका समयमा सुरक्षाकर्मी र उद्दारकर्मीहरुले खेलेको प्रशंसनीय भूमिकामा आधारित छ । माइ लभ चलचित्रले आफ्नो देशको महत्वपूर्ण सम्पदास्थलहरुको महत्व दर्शाउदै तिनीहरुको पुनर्निर्माण र संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको सन्देश दिइएको छ ।

    जापानी निर्देशक डा.तोसिआकी इतोहले निर्देशन गरेको चलचित्रमा गणेश लामा, नयाँ अनुहार शितल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ । यस्तै नेपाली कलाकारहरु चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेतको अभिनय हेर्न पाइनेछ ।

    चलचित्रमा धरहरा ढल्दै गरेको दृश्यलाई पनि जीवन्त रुपमा देखाइएको छ भने भूकम्पले तहसनहस पारेको काठमाडौंलाई वास्तविक रुपमा प्रस्तुत गरिएको छ ।

    भिडियो : 


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    Recent Posts

    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत
    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073