• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

एमाले नेता लालबाबुसँग केकीको भेट किन ?

  • 2017-12-20 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । नायिका केकी अधिकारीले एमाले नेता लालबाबु पण्डितलाई भेटेका छन् । उक्त भेटघाट भने बालबिबाह र दाईजो प्रथा उन्मुलनको लागि निर्माण भएको फिल्म राज्जा रानीको प्रमोशनमा भएको हो । नायिका केकी अधिकारीलाई मन पर्ने नेता मध्यका एक हुन् लालबाबु पण्डित ।

        

    पण्डितलाई देखेपछि केकीले हजारको नोटमा लालबाबुको अटोग्राफ समेत लिइन् । चल्तीकी सिनेमा नायिकाले आफूबाट अटोग्राफ लिएपछि लालबाबु पनि के कम ? उनले केकीको सौन्दर्य प्रशंसा गर्न भ्याए । लगत्तै फिल्मको गीतमा उनले केकी र नाजिरसँग कम्मर भाँचे ।

    लालबाबुलाई राज्जा रानीले बिराटनगर १२ स्थित स्थानीय बखरी बगैंचामा आयोजित पब्लिसिटी कार्यक्रममा समेत मुख्य अतिथि बनाएको थियो । आफू मन्त्री बने फिल्मको लगानी उठाइदिने समेत पण्डितले बचन दिए । उक्त क्षेत्र पण्डितको निर्वाचन क्षेत्र समेत हो ।

    राज्जा रानीले दहेज अर्थात दाइजो प्रथाको कथा समेटिएको फिल्म हो । अब बन्ने वाम सरकारले दाइजो प्रथालाई निरुत्साहित गर्न बेहुली पक्षको परिवारलाई १० हजार रुपैयाँ दिने योजना ल्याउने लालबाबुले बताए । मोफसलमा केकीसहित अभिनेता नाजिर हुसेन र भोर कम्पनीका प्रतिनिधि टोलीमा छन् । फिल्म पुस २१ गते रिलिज हुनेछ । रमेश एमके पौडेलले निर्माण गरेको फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल

    Recent Posts

    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)
    • गायक राजु परियारको ‘यो दुनिया’ (भिडियो)
    • अनिल लामाको ‘शैलुङ्गे मेला’मा राजु र एलिशाको बिछोड (भिडियो)
    • नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    • गायक शिबहरी थापाको ‘जब टाडा गयौ तिमी'(भिडियो)
    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073