एक्शन अवतारमा अनमोल, अदितीसँग रोमान्स देखी अनुपसँगको भिडन्त (ट्रेलर हेर्नुहोस्)

फिल्मी फण्डा । बहुप्रतिक्षित फिल्म कृ को ट्रेलर शुक्रवार सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको बीच फिल्म कृ को ट्रेलर सार्वजनिक गरिएको हो । अनमोल केसी कै कारण चर्चामा रहेको फिल्म कृ को फष्टलुक र पोष्टर सार्वजनिक भएदेखी चर्चा बढ्दै गईरहेको छ । त्यस कारण पनि सम्पूर्ण दर्शकहरुमा फिल्म कृ को ट्रेलर र फिल्म दुबै प्रतिक्षित बनिरहेको छ ।
कृ को ट्रेलरमा अनमोल केसीलाई फरक अवतारमा प्रस्तुत गरिएको त पोष्टर र फष्टलुक बाटै अनुमान गर्न सकिन्छ । फिल्म कृ मा अनमोललाई एक्शन अवताारमा प्रस्तुत गरिएको छ । लभस्टोरीमा देखिरहेका अनमोललाई कृबाट एक्शन हिरोको रुपमा अघि सारिएको छ । ट्रेलरमा अनमोल केसी, अदिती बुदाथोकी, अनुप विक्रम शाही र कामेश्वर चौरासिया लगायत फिचरिङ छन् । नारी सुरक्षामाथि कृ बनेको ट्रेलरबाट बुझ्न सकिन्छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्म कृ टिम र सुपरस्टार अनमोल केसीसँग मिडियाकर्मीको निकै लामो सवाल जवाफ भएको छ । फिल्म घोषणाको २ बर्ष पछि पहिलो पटक मिडिया माझ देखिएका कारण पनि यस्तो सवाल जवाफ भएको हो । फिल्म भित्रका जानकारीहरु निर्माण टिमले सार्वजनिक गरेका छन् भने निर्माता सुवास गिरी र भुवन केसीबीचको मनमुटावको वारेमा पनि टिमले स्पष्ट जानकारी गराएका छन् । मिडियामा सुवास गिरी र भुवन केसीबीच भएको मनमुटावहरु सबै गलत भएको दुबै निर्माताले बताएका हुन् । यस्तै अनमोल केसीले आफुलाई ५० लाख अफर गरेको पनि स्विकारेका छन् ।
उनले आफुलाई धेरै जनाले ५० लाखको अफर गरेको स्विकारेका हुन् । तर उनले पैसा भन्दा पनि फिल्मको कथा र विषयबस्तुमा बढि ध्यान दिएको बताएका छन् । आउँदो माघ २६ गते प्रदर्शन हुन लागेको कृ सकेसम्म नेपाली फिल्मसँग नभई हरेक बलिउड र हलिउड फिल्मसँग जुध्न तयार भएको पनि निर्माण टिमले जानकारी गराएका छन् । फिल्म कान्छि पनि सोही मितीमा रिलिज हुने तयारीमा रहेको थियो तर नायिका तथा निर्मात्री स्वेता खड्काले औपचारिक रुपमै कान्छि फाल्गुन ४ गतेको लागि सरेको जानकारी दिएकी थिईन् । अब माघ २६ मा नेपाली नभई बलिउड फिल्म पद्यावती आउन सक्ने संभावना रहेको छ । फिल्म पद्यावतीले माघ २६ मा रिलिज गर्न सकिने संभावना देदखाईएको हो ।
ट्रेलर हेर्नुहोस् :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस