प्रदिप र जसिता चैतमा रोमान्स गर्दै

फिल्मी फण्डा । बेलायतको विभिन्न शहरमा छायांकन भईरहेको फिल्म लिलीबिलीको रिलिज डेट फिक्स गरिएको छ । पहिले सुटिङ सकिने पक्का पक्की नभएकोले गर्दा रिलिज डेट फिक्स नगरेपनि अब भने फिल्म नयाँ बर्षको छेको गरेर चैत ३० मा आउने भएको छ ।
काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको फिल्ममा प्रदिप खड्का, प्रियंका कार्की, अनुपविक्रम शाहीसँगै नव नायिका जसीता गुरुङको मूख्य भुमिका रहेको छ । अहिले सम्म फिल्मको छायांकन ५५ प्रतिशत सकिएको निर्माण पक्षले जानकारी गराईएको छ ।
यतिमात्र नभई निर्माण टिमले क्रिसमसमा फिल्मको पहिलो गीत सार्वजनिक गरिने जानकारी समेत दिएका छन् । प्रियंस्थानीय काउन्सिलको अनुमति र १० मिलियन पाउन्डको पब्लिक ल्याबिलिटी इन्सुरेन्स (पीएलआई) गरेर छायाँकन गर्न चुनौती र अवसर दुवै आफुले महसुस गरेको निर्देशक चाम्सले बताए । फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्स लगानी रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस