सायद २ पछि लभ डयरीमा शुशिल, के कोरिएला त प्रेम गाथा ? (भिडियो)

फिल्मी फण्डा । फिल्म सायद २ ब्यवसायीक रुपमा असफल साबित भयो। सबैले आशा गरिएको नायक सुशिल श्रेष्ठलाई यसले नराम्रो असर पार्यो । त्यसपछी केहि समय हराएका शुशिललाई अब भने फिल्म लभ डायरिजमा देखिने भएको छ। फिल्म लभ डायरिजमा उनको प्रेम गाथा कस्तो रहने हो त्यो फिल्म निर्माण पछीनै थाहा होला।
फिल्म ‘लभ डायरिज’ बन्ने भएको छ । सौरभ चौधरीले निर्देशन गर्ने सिनेमाका लागि सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटा, मानस थापा लगायतका कलाकार फाईनल भएका छन् । फिल्म निर्माण टिमले सुशीलको न्यु लूक्स समेत सार्वजनिक गरेको छ । सम्पादक साहिल खानले यो सिनेमामा ‘एसोसियट डाइरेक्टर’को भूमिका निर्वाह गर्नेछन् ।
साथै, सिनेमामा साहिल र मिलन श्रेष्ठको सम्पादन समेत रहनेछ । ‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण हुने लभस्टोरी फिल्ममा विनोद सापकोटाको निर्माण र बीबी ढकालको सहनिर्माण रहनेछ । चुनाव सकिए लगतै छायाँकनमा जाने सिनेमामा संजय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । ‘लभ डायरिज’ले भने पहिलो पटक भिडियोद्वारा फिल्म घोषणा गरेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस