खाडी मुलुक जाने नेपालीहरुको कथामा आधारित फिल्म ‘मन त परदेशी’ को रिलिज डेट फिक्स

फिल्मी फण्डा । नेपाल एउटा यस्तो देश हो जहाँ नेपाली युवायुवतीहरुको लागि पर्याप्त जागिर नभएको कारण आफ्नो परिवार र पेट पाल्नको लागि खाडी मुलुक जान्छन् । यो पीडा नेपालीहरुले धेरै पहिलादेखि नै भौग्दै आएको हो । यही पीडाहरुलाई समेतेर बनेको फिल्म ‘मन त परदेशी’ पौष १४ गतेबाट रिलिज हुने भएको छ ।
देव नेपालले निर्देशन गरेको यस फिल्मलाई दुर्गा बहादुर खड्का र भुवन शर्मा कंडेलले निर्माण गरेको हो । नेपालमा धेरै पहिला देखि नै भईरहेको समस्यालाई उठान गरेर बनाएको कारणले गर्दा दर्शकहरुले रुचाउने निर्माण पक्षले अपेक्षा गरेका छन् ।
फिल्ममा दिपेशराज पाण्डे, समिता गिरी, विक्रम क्षेत्री, रेनु शर्मा, रमिला आचार्य, किशोर खतिवडा, राम बुढाथोकी, रमेश, जोन्नी लगायतका कलाकारहरुको अभिनय छ । मर्भुमी नारायण र राजेन्द्र कुमार थापाले खिचेका फिल्ममा पुश्कर सुनुवारको संगीत रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस