फिल्म ‘मिस्टर झेले’ मा बर्षा र दयाहाङको फरक रोमान्स

फिल्मी फण्डा । सिनेमा आर्ट र टेकेन खडेकाको प्रस्तुतीमा निर्माण भएको फिल्म मिस्टर झोलेको छायाँकनको केही तस्विर सार्वजनिक भएको छ । कमेडी जनरामा बनेको फिल्म मिस्टर झोलेको निर्देशक राम बाबु गुरुङ हुन् ।
राम बाबुकै कथा संवाद रहेको फिल्मलाई राम बाबुसँगै टेकेन खड्का र रौनक विक्रम कँडेलले निर्माण गरेका हुन् । फिल्ममा दयाहाङ र दियाको अलवा बर्षा राउत, पुष्कर गुरुङ, बुद्धि तामाङ, प्रविण खतिवडा, विजय बराल, अरुणा कार्की, कमल मणि नेपाल, निरु खड्का, माओत्से गुरुङ लगायतको मूख्य भुमिका रहेको छ । फिल्मको गीतमा काली प्रसाद बास्कोटा को संगीत रहेको छ भने काली प्रसादकै स्वर रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस